श्रावण ३२ , कञ्चन । कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालकको मृ’त्यु भएको छ। महाकाली नगरपालिका –४ थलालटोलका ७ वर्षीय बालक आदेश बुढाको मृ’त्यु भएको हो ।
घरमा सुतिरहेका अवस्थामा सर्पले डसेको र उपचारका लागि उनलाई महाकाली अस्पताल महेन्द्रनगर लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा बालकको ज्यान गएको बताइएको छ।