गजल!
बृद्धा हुँदा पनि मज्दुर बनेर बसेको छु,
घर फर्किने रहरमै दीन गनेर बसेको छु।
मात्र खान लगाउँनमा जिवन सकियो,
अबता मुर्दा घाट जान छनेर बसेकोछु।
खै कतिछ अब दुखःको अबशेष पनि,
मष्तिकमै त्यहि बिचार खनेर बसेको छु।
युवा उर्जा बिदेशको बिकासमा सिध्यो,
बुढेशकालमा ठस-ठस कनेर बसेको छु।
सुख:का सपनि त देखिन मैले कहीलैइ,
देशको माटोमा मिसिन भनेर बसेको छु।