साउन ३२, अछाम । प्रहरीका अनुसार अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका-९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेका छन् ।
उनीहरुको खोला तर्ने क्रममा शनिबार साँझ बगेर मृत्यु भएको प्रहरीले जनाएको छ ।