श्रावण ३२ ,काठमाडौँ । थप ६४१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २६ हजार ६ सय ६० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा मात्र १७२ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै मोरङमा १०० जना संक्रमित थपिएका छन् । बाराका ७८, पर्साका ७४, रुपन्देहीका ४८, धनुषाका ३७, चितवनका २७, रौतहटका १४, सप्तरी र कास्कीका ११र११ जना, बाँकेका १० जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपरासी र महोत्तरीका ८र८ जना, कञ्चनपुर र तनहुँका ५र५ जना, दाङका ४, कैलाली बर्दिया र सिराहाका ३र३ जना, सुनसरी, कपिलवस्तु, सर्लाही, नवलपुर र रोल्पाका २र२ तथा नुवाकोट, सिन्धुली, जुम्ला, रुकुम पश्चिम, इलाम, मकवानपुर, बाग्लुङ, पर्वत, झापा, लमजुङ र ताप्लेजुङका एकरएक जना संक्रमित भएका छन् ।
मन्त्रालयका अनुसार आज २३४ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ३ सय ३५ जना रहेको छ भने मृत्यु हुनेको संख्या १०४ जना पुगेको छ ।