साउन ३२, चितवन। निजी क्षेत्रबाट कोरोनाको पीसीआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो ।भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड-१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित सङ्क्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको छ ।न्यौपानेका अनुसार नमुना परीक्षणका लागि ६ हजार ५० रुपैयाँ लिइनेछ । कलेजले भित्र्याइएको पीसीआर उच्चस्तरको हो । ६ घण्टामा ४०० जनाको नमुना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ । कलेजमा पीसीआर परीक्षण गर्न सक्ने सातजना प्राविधिक छन् ।
प्रयोगशाला निर्माणमा पाँच करोड ४० लाख खर्च भइसकेको कलेजले जनाएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिका बाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैँ शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन् । निजीस्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै बिरामीले पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन् । जिल्लामा दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको छ । भरतपुर अस्पतालमा सङ्कलन भएको नमुनाको सङ्ख्या थपिँदै गएपछि नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ ।