श्रावण ३२, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्न कम भए पनि पूर्ण रुपमा नियन्त्रण नभएको बताएका छन् ।
न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै गृहमन्त्री थापाले भने, ‘धेरै हदसम्म नियन्त्रण गरेको छ, तर केही मात्रामा लुकीछिपी आउने काम भइरहेको छ । यसलाई पूर्ण बन्द गर्ने हाम्रो प्रयास जारी छ ।’ ‘सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्न नागरिकको सहभागिता र उनीहरुको सचेतताले मात्रै कोरोनाको संक्रमणलाई हामीले रोक्न सक्छौं ।’
सरकारले हालै मात्र भारतबाट नेपाल आउने नेपाली नागरिकका लागि १० वटा प्रवेश बिन्दु तोकेको छ । अवैध आवागमनलाई नियन्त्रणका लागि १ हजार २ सय भन्दा बढी बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको छ ।