• २०८० मङ्सिर १२ गते मङ्गलवार

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३२, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्टको शनिबार राति निधन भएको छ ।७१ वर्षीय रोबर्ट स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएका थिए । निधनको कारण नखुलेको बीबीसीले जनाएको छ ।

निधन हुनुअघि राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल पुगेका थिए । ट्रम्पले शोक बक्तव्य जारी गर्दै भनेका छन्– ‘रोबर्ट मेरो भाइमात्र थिएन, सबैभन्दा मिल्ने साथी थियो । अहिले अभाव महसुस गरेको छु । तर हामी फेरि भेट्नेछौं । उसको सम्झना सदैव मेरो हृदयमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस