• २०८२ बैशाख १७ गते बुधवार

स्वास्थ्यकर्मी र पत्रकारसहित थप ४७ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३२,वीरगञ्ज । पर्सा र बारामा स्वास्थ्यकर्मी र पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा ३१ साउन शनिबार गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जका १७ जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ७ जना, पर्साको पोखरिया नगरपालिकामा १२ जना, पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका, रक्सौल पन्टोकाका १/१ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस