श्रावण ३२ ,काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले प्रमुख जिल्ला अधिकारी उमेश ढकालले आफु बच्ने बहानामा अरुलाई दोष लगाउँदै फसाएको आरोप लगाउनुभएको छ ।
अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा गाउँपालिकाका वडा नं २ लिदीमा गएको पहिरोको विपत्ती प्रति दुःख व्यक्त गर्दै आम जनताको साथमा सिङ्गो गाउँपालिका रहेको उल्लेख गर्दै उहाँले गाउँपालिकाको सदासयतालाई कमजोरी तथा उत्तेजनालाई बहादुरी नठान्न चेतावनी समेत दिनुभयो । लिदीमा भएको प्राकृतिक विपद्ले सिङ्गो गाउँपालिका स्तव्ध भएको उल्लेख गर्दै उहाँले पिडितको साथ र सहयोगमा गाउँपालिकाले कुनै पनि कमजोरि नगर्ने प्रतिवद्धता जनाउनुभयो । पिडितको लागि विभिन्न प्रकारका राहतको तत्काल व्यवस्था गरिसकेको उल्लेख गर्दै उहाँले संकटको घडिमा सिडिओ तथा अन्य विपद्मा राजनीति गर्नेले एकले अर्कालाई दोष लगाएर पन्छिने बेला नभई सबै मिलेर विपद्लाई समाधानको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
समस्याको समयमा गफ गर्नेले चाही संकटमा दोष अरुलाई देखाएर आफु चोखिने घटिया प्रयास गर्ने उल्लेख गर्दै उहाँले केही मान्छेका योजनाबद्व दुस्प्रचारले माहोल अलिक अशान्त भएको तर असत्य स्थिर हैन र सधै नरहने समेत बताउनुभयो । असत्य केवल क्षणिक हुने उल्लेख गर्दै उहाँले असत्यको कुनै र कतै पनि सत्ता नभएको समेत स्पष्ट पार्नुभयो । असत्य सधै प्रभवहिन हुन्छ तैपनी कहिले कहि असत्य विजयी जस्तो देखिए पनि क्षणिक हुने उल्लेख गर्दै हाम्रा वस्ती तथा आवास क्षेत्रहरुको विद्यमान संरचना, भौगोलिक अवस्थिती, जोखिमको अवस्था अध्ययन धेरै ठूलो बहसको विषय भएको बताउनुभयो ।
उहाँले भन्नुभएको छ, ‘हामीले २० थान टेन्ट र ३ सय थान त्रिपाल, सय थान कम्वल पठाएका थियौं तर स्थानीय सरकारले नबाँडेकोले लिदीमा पहिरो गएर यत्रो जनधनको क्षती भएको हो भने जसरी सिडिओ सापले आफुलाई जोगाउनु भयो रे । हामीले उच्च जोखिम रहेका सानो नाम्फा, नाम्फा, लिदी, सुकुली, सन्चगाउ, झुल्के, निम्लुङ सहितका ४८८ घरधुरी उच्च जोखिममा रहेको विवरण सहित पठाएको अनुरोध पत्रको मसी सुकेकै छैन होला । यद्यपी त्यस्तो अफ्ठेरोमा त्यती भने नि उपलब्ध गराउनु भयो धन्यवाद । सुरुमा पठाइएको १० थान, टेन्ट, २०० त्रिपाल र ५० कम्बल हो ९रेकर्ड हेर्नुहोला । ४८८ घरधुरीलाई १० थान टेन्ट टुक्रा टुक्रा पारेर बाड्नु पर्थ्यो रु फेरी पनि यो संकटको घडीमा एकले अर्कोलाई दोष देखाएर पन्छिने बेला हैन त्यसैले यस बिषयमा बोल्ने मनै थिएन । तर उहाँकै अभिव्यक्तिलाई लिएर केही मिडियाका आवरणमा रहेका दलीय कार्यकर्ता र केही राजनीतिक दलका सक्रिय समर्थकहरुले योजनावद्धरुपमा सामाजिक संजालमा एकोहोरो खनिएकोले केही बोलुँ जस्तो लाग्यो । यो विपदको घडी जिल्लाकै विपद व्यवस्थापनको नेतृत्व गर्ने प्रशासक यति गैरजिम्मेवार र हलुका टीप्पणी गरेर पन्छिनु होला जस्तो मलाई लाग्दैन । उल्लेखित समाचारहरुमा सत्यता छैन होला । नहोस । एउटा टेन्टको तौल ५७ केजी हुने भएको र लिदीको बाटो निकै अफटेरो भएकोले हेलिकोप्टर अनुमतीका लागि जिल्ला प्रशासनलाई अनुरोध गरिएको हो । जिल्ला प्रशासनको पहलमा मात्र हेलिकप्टरको व्यवस्था हुदो रैछ । तर हामीले पाएनौ । बोकेर गारो हुने भाकोले मुस्कीलले ३ सेट नाम्फा र ३ सेट लिदी पुर्याइयो । बोक्न पनि सजिलो हुने भएकोले त्रिपाल चाँही उपयुक्त हुन्छ भनेर त्यहीका प्रभावित जनताले भने पछि जिल्ला विपद व्यवस्थापन समिती, टुकीरकेयर र माननीय सरेश नेपाल मार्फत प्राप्त ४४९ थान त्रिपाल मध्ये २९१ थान वितरण गरिएको छ । लिदीमा सवैले कम्तीमा १ थान र मुल प्रभावितले २ थान त्रिपाल पाएको छ । स्टोरमा १५८ थान त्रिपाल बाँकी छ । अहिले वेल्देमा मात्र २६० घरधुरीको माग छ । अन्य वस्तीका सैयौ घरधुरी थप जोखिममा रहेको छ । तथापि हामी अरु थप ख़रीद गरेरै भए नि गर्नै पर्ने काम गर्दैछौ । हामी कहाँ काम गर्ने कर्मबीर भन्दा पनि गफ गर्ने नेताकै बोलवाला छ । नेता भनेको गफ गर्ने काम नगर्ने भन्ने विम्व नै बनेको छ । काम गर्नेले संकटको घडीमा समस्याको निकास निकाल्छ । गफ गर्नेले चाही संकटमा दोष अरुलाई देखाएर आफु चोखिने घटिया प्रयास गर्छ । केही मान्छेका योजनाबद्व दुस्प्रचारले माहोल अलिक अशान्त भएको छ तर असत्य स्थिर हैन र सधै रहन्दैन । असत्य केवल क्षणिक हुन्छ । असत्यको कुनै र कतै पनि सत्ता छैन । असत्य सधै प्रभवहिन हुन्छ तैपनी कहिले कहि असत्य विजयी जस्तो देखिए पनि क्षणिक हुन्छ । हाम्रा वस्ती तथा आवास क्षेत्रहरुको विद्यमान संरचना, भौगोलिक अवस्थिती, जोखिमको अवस्था अध्ययन धेरै ठूलो बहसको विषय हो । वस्ती स्थानान्तरणको त निकै पेचिलो मुद्धा छ । यस्ता प्राकृतिक विपत्तीको बेलामा जोडतोडले उठे पनि हामी तुरुन्तै बिर्सन्छौं । भोटेकोसी कोरिडोरमा हरेक बर्ष बिपत्ती आउँछ, बहस हुन्छ, स्थानान्तरणको कुरा उठ्छ, अनि जव कामको प्रक्रियाको कुरा आउँछ हामी कहाँ छौं हेरुम न । मान्छेलाई आफ्नो थातथलो कति प्यारो हुन्छ भन्ने अनुमान मात्र हैन तथ्य हेरुम । हामीले कतिवटा वस्ती सार्यौं अहिले सम्म रु भुकम्पका चिरा माथी कति वस्ति बनायौं रु यो दोस कसको रु म, तपाई, हामी यसमा कति जिम्मेवार छौं रु यसको जिम्मेवारी मेरो चाही हैन सबै त्यसको हो भनेर पन्छिन मिल्छ रु तपाई पन्छिन मिल्छ भने पन्छिनुस तर मेरो भागको जिम्मेवारीबाट म चाँही पन्छिन मिल्दैन । दोष तपाइलाई लगाएर म पन्छिदैमा विपद टर्दैन । सदासयतालाई कमजोरी र उत्तेजनालाई बहादुरी नठानियोस । विपतको मिलेर सामना गरौं ।’
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे लिदीमा शुक्रबार ठूलो पहिरो खस्यो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि गरेको भौगर्भिक अध्ययनमा उक्त गाउँ ‘संरक्षण गर्नुपर्ने’ सूचीमा थियो । अति जोखिममा रहेर सार्नुपर्ने सूचीमा भने २ सय ९० बस्ती थिए । तीमध्ये जम्मा ५५ वटा मात्र सारिएका छन् । २ सय ३५ बस्ती अझै जोखिममै छन् ।
प्राधिकरणका अनुसार कतिपय बस्तीका बासिन्दा आफैं अन्यत्र गएका छन् । कतिपयमा अति थोरै परिवार संख्यामा रहेका छन् । प्राधिकरणको पछिल्लो तथ्यांकले ५ सय १३ परिवार जोखिमपूर्ण स्थानमै बसिरहेको देखाउँछ। ४ सय ७८ परिवारले जोखिमपूर्ण बस्तीमा घर बनाएका छन् ।
भूकम्पपछि प्राधिकरणले १ हजार १ सय ३ बस्तीको भौगर्भिक अध्ययन गरेको थियो । तीमध्ये आंशिक जोखिमयुक्त ९संरक्षण गर्नुपर्ने०मा ३ सय २७ थियो । सिन्धुपाल्चोकको लिदी त्यही वर्गमा पथ्र्यो । ४ सय ८६ बस्ती सुरक्षित स्थानमा पाइएको थियो । अति जोखिममा रहेका २ सय ९० बस्तीका ४ हजार ६ सय ८९ परिवारलाई सार्नुपर्ने प्रतिवेदनले देखाएको थियो ।