• २०८१ असार ९ गते शनिवार

टिपरको ठक्करबाट एक बालकको मुत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३२,अर्घाखाँची । कपिलवस्तुको गोरूसिङ्गेबाट अर्घाखाँचीको नरपानी आउँदै गरेको ना८ख ६६९८ नंको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको लु३२प २३९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सन्धीखर्क–७ का तीन वर्षीय अभिषेक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

 

टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा साना दुई बच्चासहित चार जना सवार थिए । अन्य तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस