श्रावण ३२, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित छ ।बंगालको खाडीमा बनेको न्युन चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको छ। जसका प्रभावले हाल देशभर आंसिक देखि समान्य बदली रहेको छ।
विभागका अनुसार आइतबार दिउँसो देशभर आंसिक देखि समान्य बदली रही केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राती देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।