• २०८२ बैशाख ६ गते शनिवार

उपनगरपालिकाका लेखा अधिकृत घुस रकम सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १, सुनसरी । ईटहरी उपनगरपालिका, सुनसरीका लेखा अधिकृत विकास पोखरेल रू.६५,०००।- घुस रकम सहित पक्राउ परेका छन ।लेखा अधिकृत पोखरेल नगरपालिकाको शिक्षा शाखाबाट कक्षा ८ को परिक्षा संचालनमा भएको खर्चको फरफारक गरी भुक्तानी गर्ने प्रयोजका लागि सेवाग्राहीसँग घुस बापतको रकम रु. ६५,००० (पैसठ्ठी हजार) लिइसकेको अवस्थामा पक्राउ परेका हुन ।

घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिगएको टोलीले घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित इटहरी उपनगरपालिका वडा नं. ६ बि.पि. चौकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस