• २०८२ जेष्ठ २ गते बिहिवार

अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको चाँदीका विभिन्न गहनासहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १, बारा । कलैया उपमहानगरपालिका-११ विश्वम्भरपुर टोलस्थित सडकबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको चाँदीका विभिन्न गहना २५ किलोसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-५ बस्ने ३२ वर्षीय ईन्द्रदेव प्रसाद यादव र प्रसौनि गाउँपालिका-६ बस्ने ३८ वर्षीय वकिल अन्सारी रहेका छन् । ना.६१ प ७२०४ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको उक्त चाँदीका गहनासहित जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस