• २०८१ जेष्ठ ७ गते सोमवार

थप १६७ जनामा संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सगैं बिहीबारसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

मन्त्रालयका अनुसार बिहीबारसम्म ११ हजार २ सय ४९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै धनुषामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुरका १७ जना, ओखलढुंगाका १५ जना, कैलालीका १४ जना, कञ्चनपुरका १४ जना, बाँकेका ८ जना, डडेलधुराका ८ जना, इलामका ६ जना, दैलेखका ६ जना, झापाका ४ जना, सुनसरीका ४ जना, अछामका ४ जना, मोरङका ३ जना, मकवानपुरका ३ जना, सुर्खेतका ३ जना, पर्साका २ जना, बाग्लुङका २ जना, सल्यानका २ जना जाजरकोटका २ जना, तथा काठमाडौं, उदयपुर, बारा, स्याङ्जा, रुपन्देही, प्युठान, बर्दिया, दाङ, रुकुम पश्चिम, मुगु र बझाङमा एक-एकको कोरोना परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस