• २०८१ माघ २६ गते शनिवार

विपद् उद्दार सामग्री प्रदेश प्रहरीलाई हस्तान्तरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १, धनुषा । प्रदेश सरकार प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारबाट प्राप्त विपद् उद्धार सामग्री २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुभएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नम्बर २ जनकपुरधामको परिसरमा बुधबार दिउँसो आयोजित एक कार्यक्रमबीच आन्तरिक मामिला तथा कानूनमन्त्री यादवले र्‍याफ्ट बोट ४ थान, गाइडरमास्टर प्याडल ४ थान, रेस्क्यू हेल्मेट ३२ थान, आउटफिटर प्याडल ३२ थान, लाईफ ज्याकेट ३२ थान, ब्यारेल ह्‍यान्ड पम्प ४ थान, लाईफ लाईन रोप ४ थान, बोलाईन रोप ४ थान र र्‍याफ्ट क्यारी ब्याग ४ थान हस्तान्तरण गर्नुभएको हो ।

विगतका वर्षहरुमा विपद् घटनाबाट मानविय तथा जनधनको ठूलो क्षति भएको यथार्थलाई हृदयगम गरी विपद्जन्य घटनामा हुने क्षतिलाई न्यूनीकरण गर्न तथा विपद् उद्धार कार्यलाई प्रभावकारी बनाउने प्रदेश प्रहरी कार्यालयको उच्च प्राथमिकता रहेकोले प्रदेश सरकारसँगको सहयोग र समन्वयमा प्रदेश सरकारबाट उक्त सामग्री खरिद गरी प्राप्त भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस