श्रावण १, काठमाडौं । गृह मन्त्रालयले २ प्रहरी नायब महानिरिक्षक (डिआइजी) प्रधुम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) बढुवामा सिफारिस गरेको छ । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले दुई डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको हो ।
नेपाल प्रहरीमा तीन जना एआइजीको दरबन्दी छ । ३० वर्षे सेवाअवधिका कारण एआइजी तारिणी लम्सालले अवकाश र एआइजीबाट शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षक भएपछि दुई जना एआइजीको रिक्त भएको थियो । यसअघि नै अर्को दरबन्दीमा हरिबहादुर पाल एआइजी बढुवा भइसकेका छन् ।