• २०८१ जेष्ठ १४ गते सोमवार

नवनिर्मित दुर्गा मन्दिरको समुदघाटन सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १, सुनसरी । इलाका प्रहरी कार्यलय दुहबीको परिसरमा नवनिर्मित दुर्गा मन्दिरको तालुक जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक कमल थापाको प्रमुख आतिथ्यमा एक समारोहका बिच शिलालेख अनावरण गरि समुदघाटन सुसम्पन्न भएको छ।

दाताहरुबाट प्राप्त आर्थिक सहयोग र प्रहरी श्रमदानबाट निर्मित उक्त मन्दिरको उदघाटन गर्दै प्रमुख अतिथिले प्रहरी र जनता बिचको सुमुधुर सम्बन्धको एउटा उदाहरणीय नमुनाको रुपमा दुर्गा मन्दिर निर्माण भएको तथ्य उजागर गर्दै धार्मिक आस्थाले प्रहरी कर्मचारीहरुमा पेशा प्रति थप कटिबध्द, निष्ठावान् र इमानदार बन्न प्रेरित गर्ने बताउदै भविष्यमा समेत प्रहरी र जनता बिचको यस्तै अनुकरणीय सहकार्यले अपराधरहित शान्त र समुन्नत समाज निर्माण हुने कुरामा जोड दिनुभयो। उक्त कार्यक्रममा यस कार्यालयका प्रमुख प्रनि प्रवीण कार्कीले स्वागत मन्तव्य सहित मन्दिर निर्माण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस