श्रावण १, दाङ । स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले यूट्युवर्सहरुलाई संस्थाको सदस्यता बितरण गर्ने भएको छ । यूट्युवर्सहरु पनि पत्रकार भएको ठहर गर्दै स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले संस्थागत एवं व्यक्तिगत रुपमा पत्रकार संस्थामा आबद्ध गर्नैका लागि सदस्यता प्रदान गर्न लागेको स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ का अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो ।
स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ को अनलाईन बैठक पछि बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रदेश नं ५ का सचिव बिन्दु घिमिरेले यूट्युवर्सहरुलाई पत्रकार आचारसंहिता पालना गराउन आवस्यक रहेका कारण सदस्यता प्रदान गर्न लागिएको स्पष्ट पार्नु भयो । पछिल्लो समयमा यूट्युवर्सहरुले पत्रकारीता आचार संहिताको पालनामा चिप्लिएको जनगुनासो सम्बोधन गर्दै सदस्यता प्रदान गर्न लागिएको स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ का कार्यवाहक अध्यक्ष ईश्वर प्रसाद पौड्यालले बताउनुभयो ।
नेपाल भरी जुनसुकै स्थानबाट संचालनमा रहेका यूट्युवर्सहरुले सदस्यताका लागि आबेदन दिन सक्ने छन् । यूट्युवर्सहरुलाइ सदस्यता प्रदान गर्नका लागि स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ का अध्यक्ष बिष्णुकुमार देवकोटाको संयोजककत्वमा कार्यवाहक अध्यक्ष ईश्वर प्रसाद पौड्याल, सचिव बिन्दु घिमिरे र कोषाध्यक्ष बिमल भट्टराई सम्मिलित चार सदस्यिय सदस्यता बितरण कमिटि निर्माण गरेको छ ।