• २०८१ जेष्ठ १४ गते सोमवार

साउने सक्रान्तीको शुभकामना

खिमराज गिरी पढ्न लाग्ने समय : २ मिनेट

आज साउने सक्रान्ती, अर्थात आषाढ महिनामा खेतवारीमा हिलोमा खेली रोपाई गर्दाको थकित शरीरलाई विश्राम दिइ हाम्रो संस्कृति र परम्पराअनुसार मीठो मीठो परिकार खाइ लुतो फाल्ने दिन ।

धार्मिक मान्यताअनुसार शरीरको रोग निको पार्ने दिन भनिएतापनी यसको बैज्ञानिक मान्यता पनि छ कि अर्थात मनमा भएको विकार र अंहकार सबै नाश होस भनेर गरिने विस्वास पनि हो यो साउने सक्रान्ती पर्व १ यसै सन्दर्भमा देसको राजनीतिमा पनि उतार चढाब नआवस । आर्थिक, सामाजिक, सांस्कृतिक क्रान्तितिर जान सबै राजनीतिक दल, बुद्दिजीवीहरु लगायत सम्पूर्ण जनताको ध्यान केन्द्रित होस ।

विशेष गरी जनता र देशको ध्यान नै सरकार र सत्तारुढ दलतिर बढी केन्द्रित हुने हुनाले नेकपाको केही दिन यता पार्टीको आन्तरिक केही विवादले देशको समग्र राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा परेको असरलाई सम्बन्धित पार्टीका नेताहरुले सुझ बुझका साथ लिने प्रण गरून् । समग्रमा सबै बिज्ञहरुको सुझाव बाह्र हात हिडेर बित्तामा नअल्झीदा राम्रो, कुर्सीको लागि नेता बन्नु भन्दा पनि जनताको संरक्षक बनौं । कार्यकर्ता पनि कुनै गुटको नबनी नेकपाको बनियो भने मात्र जनताको मन मनमा विस्वास जित्न सकिन्छ । अन्यथा कोरोना, सलह, बाढी पहिरो, भारतीय रबैया आदिले देश र जनता पिल्सिरहेको अबस्थामा धैर्यताको बाधलाई नटुटाई अगाढी बढ्ने प्रण गरौं ।

हुन त हाम्रा धार्मिक ग्रन्थमा लेखिएका र भोगिएका कुराहरुलाई अध्ययन मनन गर्ने हो भने अभागी व्यक्तिले गरेको जुनसुकै कामको पनि दैबले उल्टो परिणाम दिन्छ । तापनि मानिस सदैब उधमशील भै निशंक भावले आफ्नो कर्तब्य कर्ममा डटी रहोस, गरेका कामको सफलता र बिफलता भने प्रकृतिकै तजवीजमा छ । अर्जुनले महाभारतको युद्दमा जयद्रथको बध गर्दा पीरमा डुबेका दुर्योधनलाई दानवीर कर्णले सम्झाउदै भनेको यो कथनले पनि हाम्रोजस्तो अविकसित समाजको राजनीतिक नेतृत्वलाई सुझ बुझ, समझदारी र नैतिकताको धरातलमा उभिन सक्ने प्रेरणादायी मूल मन्त्र बनोस ।

प्रतिक्रिया दिनुहोस