• २०८१ जेष्ठ १० गते बिहिवार

उपत्यकामा आजहुने कार्यक्रमहरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण १, काठमाडौं । उपत्यकामा आजहुने कार्यक्रमहरु निम्न रहेका छन ।

१.covid-19 enough is enough group मा आबद्ध स्वतन्त्र युवाहरूले १२ बुदे सहमति कार्यन्वयन नगरेको भनि मन्त्री क्वाटरमा धर्ना दिने ।
स्थान:-मन्त्री क्वाटर,पुलचोक ।
समय:-९:०० बजे ।

२.महिला तथा सामाजिक समितिको बैठक बस्ने
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-११:०० बजे ।

३.विद्यायन ब्यबस्थापन समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-११:३० बजे ।

४.अर्थ समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-१३:०० बजे ।

५.राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-१३:०० बजे ।

६.कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्ने
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-१४:०० बजे ।

७.सिभिल महलका ब्यापारिहरूले लक डाउन अबधि भरि काे भाडा मिनाह गर, पसल हरू खाेल्न पाउनु पर्‍यो भन्दै प्लेकार्ड सहित शान्तिपुर्ण धर्ना कार्यक्रम गर्ने ।
स्थान :- सिभिल महलकाे पार्किङ ।
समय :- १३:०० बजे देखि १४:०० बजे सम्म ।

८.पर्यटन संग समबन्धित व्यवसायीक सघं सस्थाहरूले पर्यटन व्यबसायलाई सरकार द्वारा जारी safty Protocol अनुरूप सुचारू गर्दै नियमित समय तालिका बमोजिम आन्तरिक तथा बाह्य हवाई सेवा संचालन गर्न सम्बन्धित निकायको ध्यान आकर्षण गर्न पत्रकार सम्मेलन गर्ने ।
स्थान:-बालुवाटार प्यालेस ,बालुवाटार ।
समय:-१५:०० बजे ।

९.स्वतन्त्र राष्ट्रिय अभियान नेपालले एमसीसीको लुताे,विदेशी एजेण्टको लुताे,विदेशी आइएनजिओको लुताे,विदेशी हस्तक्षेपको लुतो,भ्रष्टाचारीको लुतो र विदेशी मिडियाको लुतो फाल्ने कार्यक्रम गर्ने ।
स्थान:-माइतीघर मण्डला ।
समय:-१६:०० बजे

१०.कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ-आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने साथै प्रचारात्मक अभियान,सरोकारवालाहरू संग छलफलसहित बैठक,गोष्ठी र प्रचारप्रसार गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।

११.निजामति कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनले कर्मचारीहरूको सेवा सुविधा कटौती गरी सरकारले जारी गरेको विधेयकको विरोधमा असार २५ गते देखि श्रावण १५ गते सम्म सबै प्रदेश,जिल्ला विभागस्तरमा संवद्ध सरोकारवालाहरू बीच अन्तर्क्रिया कार्यक्रम गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।

१२.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :-देशभर ।
समय : नखुलेको ।

प्रतिक्रिया दिनुहोस