• २०८२ बैशाख २९ गते सोमवार

दाङका सुरक्षा प्रमुखहरु नाकाको स्थलगत अनुगमनमा

सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

असार ३, दाङ । दाङका सबै सुरक्षा निकायका प्रमुख सहित जिल्ला कार्यालयका प्रमुखहरुको टोली नाकाको स्थलगत अवलोनको लागि पुगेको छ ।

दाङको भौवा नाका निवासी समाजसेवी श्याम बहादुर झाँक्रीले पछिल्लो समय नाकामा भरपर्दो सुरक्षा उपस्थिती रहेको बताए । उनले भने,‘ पहिले भारतीय सुरक्षा निकायबाट हाम्रो भूमिमा हुने हेपाहा प्रवृतिको अन्त्य भएको छ, सिमाको रक्षा भएको छ, हामीले नेपालीको अनुभुती धेरै बर्षपछि मात्रै गर्न पाएका छौ ।’

सुरक्षाको हिसावले दाङका सबै नाकामा सशस्त्र सिमा सुरक्षा पोष्ट स्थापना गर्ने गरी काम भइरहेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । अस्थायी पोस्टलाई स्थायी रुपमै राख्नेगरी जग्गाको खोजी गर्ने र पक्की संरचनाको काम हुन्छ, सिमा रक्षा र नाकाली जनताको सुरक्षाको हिसावले नाकामा सुरक्षा उपस्थिती मजवुद बन्छ सिडियो रिजालले भने।

प्राय सरकारी उपस्थिती कम हुने नाका क्षेत्र पछिल्लो समय प्रशासनिक दृष्टिकोणले पनि धेरैको ध्यान जान थालेको स्वयम नाकाली बताउँछन । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाका निवासी भिमवहादुर खड्काले पछिल्लो समय नाका क्षेत्रमा सरकारी उपस्थिती बढ्न थालेको भन्दै खुसी व्यक्त गरेे ।

उनले भने, ‘सधै भारतकै बाटो प्रयोग, भारतकै खाद्यान्नमा भर पर्नुपथ्यो अब आफ्नै भूमिबाट गाउँमै खाद्यान्न ढुवानी हुन थालेको छ, यो हाम्रो लागि ठूलो परिवर्तन हो ।’

दाङको नाका क्षेत्रमा अहिले सुरक्षा उपस्थिती बाक्लो बनाइएको छ । कोइलाबास, मुसीनाका, सिरीया, खाङग्रा, डगमारा, भैसहीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट, सिमा सुरक्षा बल भौवा, भैसही, सुनपत्री, डगमारा, खाङग्रा, पटौली, सिरीया, मुसीनाका, भौरीसाल, गूरुङ, भङग्रोल नाका गरी ११ वटा नाकामा नेपाल प्रहरी र सशस्त्र सिमा सुरक्षा वलको उपस्थिती बढेपछि नाकाली जनताले सुरक्षाको राम्रो अनुभुती गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान, जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल पत्रकार महासंघका प्रतिनिधी लगायतले दाङको नाकाको स्थलगत अवलोकन गरेका हुन ।

 

प्रतिक्रिया दिनुहोस