• २०८२ जेष्ठ २ गते बिहिवार

दाङमा एक नेपाली सेनामा कोरोना संक्रमण देखियो

५. नम्बर ब्युरो पढ्न लाग्ने समय : १ मिनेट

असार २, दाङ । दाङमा एक जना नेपाली सेनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको परिक्षणमा घोराही भरतपुर स्थित रिपुमर्दन गणमा कार्यरत ३२ बर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेशनमा लगिएको छ । कोरोनाका कारण मृत्युभएका घोराहीका एक व्यक्तिको शव व्यवस्थापनका क्रममा उनलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

रोजगारीका क्रममा भारतको दिल्लीमा मृत्यु भएका घोराही उपमहानगरपालिका १८ नवलपुर निवासी ५९ बर्षीय पुरुषको उनि सहितको नेपाली सेनाको टोलीले जेठ २६ गते शव व्यवस्थापन गरेको थियो । सोही क्रममा उनमा कोरोना भाइरस सरेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस