असार २, काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ । क्यान्सर रोगका कारण मंगलबार बिहान ३९ वर्षको उमेरमा उनको निधन भएको हो ।
आन्द्राको क्यान्सरबाट पीडित उनको काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचार गरिएको थियो । तर, पछिल्लो समय अवस्था सुधारोन्मुख नभएपछि चिकित्सकको सल्लाहमा गाउँ नै फर्काइएको थियो । जेष्ठ ३२ पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राज कुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
https://khabar24nepal.com/2020/06/14/36107