असार २, काठमाडौँ । प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा कांग्रेस सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन ।मंगलबार बालुवाटार पुगेर ध्यानाकर्षण पत्र बुझाउदै उनीहरूले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चलाई आफूले हेरिरहेको बताएका छन् ।
उनीहरुले पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको भनिएको अनियमितता छानबिन गर्नुपर्नेलगायतका माग राखेका थिए ।
जवाफमा प्रधानमत्री ओलीले कोरोनामा भएको खर्चको हिसाब आफूले पनि हेरिरहेको बताएका हुन् । सरकारको ध्यान कहिले कोरोना महामारीमा रहेकाले दैनिक लेखा परीक्षण गर्न सम्भव नभएको भन्दै उनले भने, ‘कागज छँदैछ । छानबिन गर्दा तलमाथि देखिए सेनाले गरेको होस् वा जसले गरेका होस्, छाड्दिनँ ।’
प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो गरेसँगै कोरोनाको जोखिम बढेको समेत बताएका छन् । यसका लागि अब सबै दलहरु मिलेर सचेतना बढाउनुपर्नेमा उनले जोड दिएको बताइएको छ ।
https://khabar24nepal.com/2020/06/16/36312