• २०८१ चैत्र १० गते सोमवार

कोरोना संक्रमणबाट पहिलो मृत्यु, संक्रमितको संख्या २८१ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, काठमाडौं । कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार मृतक महिलाले त्रिवि शिक्षण अस्पतालमा शिशुको जन्म दिएकी थिइन्  भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । तर घर गएपछि उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि  स्थानीय अस्पतालमा भर्ना लगिएको थियो । तर त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा बाटैको उनको मृत्यु भएको  मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोभिड–१९ बाट  मृत्यु भएको यो पहिलो घटना भएको शनिबार राति एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार धनुषाका २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या २८१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस