जेठ ३, सुर्खेत । जिल्लाको काँक्रेविहारमा जरायो चोरीशिकारी बढेको पाइएको छ् । यो लकडाउनको समयमा काँक्रेविहारमा करिब ६ वटा जरायोको चोरी शिकारी भएको छ । यही जेठ १ गते नयाँगाँउ तर्फबाट एउटा जरायोको बच्चा उद्दार गरेर पुनः जंगलमा पठाइएको खबर पुरानो नहुँदै आज फेरी काँक्रविहारको जन्तीसालमा करिब ४ बर्ष उमेरको जरायो मृत अवस्थमा फेला परेको स्थानीयबासीले बताए।
जरायो करिब दुईतिन दिन अगाडी मरेको हुन सक्ने अनुमान वन रक्षक र स्थानीयहरुको भनाई छ । मृत जरायोको सिंङ्ग काटेर लगेको अवस्थामा भेटिएको एक स्थानीयले बताए । घटनाको प्रकृति हेर्दा जरायो माथि बन्दुक प्रहार भएको पाइएको छ । यसरी देश कोरोनाको महामारीले लकडाउनको स्थितिमा भएको समयमा चोरी शिकार बढ्नु राम्रो नभएको वीरेन्द्रनगर नगरपालिका ९ नं वडा अध्यक्ष सुरेश मानन्धरले बताए। उनले भने ‘जब यो काँक्रेविहारमा बन्यजन्तु सुरक्षाकालागि पर्खाल लगाइन्न तब सम्म चोरीशिकारी नियन्त्रण गर्न कठिन छ ।’
यता जिल्ला वन कार्यालयका प्रमुख गोविन्द दाहालले देश लकडाउनमा भएको कारणले काँक्रेविहारको सुरक्षाकालागि वरिपरि पर्खाल लगाउनका लागि टेण्डर प्रक्रिया भएपनि अगाडी बढ्न नसकेको बताए । उनले भने “यो खडेरीको समयमा जरायोहरु आहारकालागि जंगलबाट बाहिर निस्किदा शिकारीहरुलाई मौका मिलेको हो ।” ‘हामीसंग सुर्खेत जिल्लाकालागि सुवेदारको कमाण्डमा जम्मा ४५ जना वन रक्षकहरु छन् त्यस्मा काँक्रेविहारकालागि हामीले ५ जना वनरक्षक खटाएका छौ ।’ प्रमुख दाहाको भनाई छ । ‘अब यो लकडाउन पछि हामी काँक्रेविहार वरिपरि स्थानीयवासीहरुको अनुसन्धान प्रकिया अघी बढाउने छौ । त्यहाँ वरिपरि बस्नेहरु संग पक्कै पनि बन्दुक हुनुपर्छ यो हाम्रो शंका हो किनभने प्राय जरायोहरुमा गोली प्रहार गरेको भेटेका छौं । यसरी यस भन्दा अगाडीका चोरी शिकारको घटनामा पनि गोली नै प्रहार भएको थियोुु प्रमुख दाहालले भने ।
अहिले देश नै लकडाउनको अवस्थामा सुरक्षा जनशक्ति कोरोना महामारीको रोकथाममा लागेको समयमा शिकारीहरुले मौकाको फाइदा उठाएको देखियो हामी यो घटनाको अनुसन्धान गरि दोषीलाई कारवाही गर्छौ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । उनले भने “अब काँक्रेविहार क्षेत्रमा सुरक्षा व्यवस्था हामी अझै बढाउछौ अपराधी जो कोही भएपनि उम्किन पाउने छैन् ।”विश्वव्यापी तिब्रगतीमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को महामारीले देश लकडाउनमा भएको अवस्थामा नेपालको एकमात्र संरक्षित वन सुर्खेतको काँक्रेविहारमा बन्यजन्तु चोरी शिकारी बढेको स्थानियहरुले बताएका छन् ।