• २०८१ फाल्गुन ७ गते बुधवार

नवलपरासी विवाद, हस्ताक्षरमा झुक्किए वा झुक्याइयो सभापती देउवालाई

पश्चिम नवलपरासी ब्युुरो पढ्न लाग्ने समय : ३ मिनेट

जेठ ३, पश्चिम नवलपरासी । नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीमा विवाद चुलिदै गएको छ । नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल प्रतिनिधि सभा समेत रहेको नवलपरासी पश्चिममा कंडेलले काङ्ग्रेस दुई गुट भएको आभास कार्यकर्तालाई दिलाएका छन ।

पाटी सभापतिको हस्ताक्षर भएका अलग अलग पत्रहरु

पछिल्लो समयमा केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलको लामो समयको हातपाखुराको जोडबल पछि गत फागुन २२ गते शेरबहादुर देउवाले काङ्ग्रेस राजनीतिमा खासै र्चचामा नआएका नेता विष्णुप्रसाद पौडेलको नाममा पार्टी सञ्चालन गर्नका निम्ति जिम्मेवारी सहितको पत्र सार्वजनिक भएपछि एक समुहले विष्णुप्रसाद पौडेललाई सभापति मान्दै आएको थियो । त्यस्तै अर्को समुहले १३ औ महाधिवेशन बाट आएका नेतृत्व कार्यवाहक सभापति अर्जुन कुमार पोखरेलको नेतृत्वलाईनै आधिकारीक मानी पार्टीका आधिकारिक बैठक, निर्णय तथा काम कार्वाही गर्दै आएको छ । हालसालै गत जेष्ठ १ गते केन्द्रीय सभापतिले पत्र पठाएको आधारमा जिल्ला सभापति मानिएका विष्णुप्रसाद पौडेलले संगठन विस्तार गर्दै ८ जनालाई जिल्ला कार्यसमितिमा मनोनीत गरेको पत्र सार्वजनिक गरेका छन भने अर्को पक्षले नेपाली काङ्ग्रेस नवलपरासीको अपिल भनि अपिल सार्वजनिक गरेको छ ।

रोचक कुरा त के छ भने लामो समय कडा राजनीति गरेर देशको राजनितीको केन्द्रविन्दुमा रहेका केन्द्रीय सभापति शेरबहादुर देउवाको हस्ताक्षर फरक फरक पत्रमा फरक फरक रहेपछि सभापतिलाई समेत छायामा राखेर पत्रको खेलो गरेको हो कि भन्ने किसिमको आशंका रहेको नाम उल्लेख नगर्ने सर्तमा १३ औ महाधिवेशनबाट आएका एकजना जिल्ला सदस्यले बताए ।

स्मरण रहोस पत्रमा देखाए झै २०७६ फागुन २२ गते आएको एउटा पत्रमा र २०७६ फागुन २३ गते नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति कार्यलयमा दर्ता भएको पत्रमा फरक फरक हस्ताक्षर रहेका छन । यस्तै फागुन २८ गते नेपाली काङ्ग्रेसका महामन्त्री शशांक कोईरालाले सभापति मनोनीतको विषय विधान विपरित भएको भनी आपत्ती जनाएको पत्र केन्द्रीय सभापति समक्ष राखेका थिए । जिल्ला पार्टी कार्यालयमा दर्ता गरिएको पत्र र सार्वजनिक गरिएको पत्रमा चलानी नं उहि तर हस्ताक्षर फरक हुनुले पत्र को आधिकारिकतामा पनि प्रश्न उब्जिएको कुरा जिल्ला सदस्यहरुले बताउदै आईरहेका थिए ।

नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन प्रतिनिधिका लागि केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले आफ्नो बार्गेनिङ पावर बढाउन तथा जिल्ला विवादीत गराई केन्द्रको चलखेल जारी राख्नका निम्ति यश किसिमको क्रियाकलापमा जोडबल गरेको अर्का जिल्ला सदस्यले बताए ।

राेचक कुरा त के छ भने लामाे समय कडा राजनीति गरेर देशकाे राजनितीकाे केन्द्रविन्दुमा रहेका केन्द्रीय सभापति शेरबहादुर देउवाकाे हस्ताक्षर फरक फरक पत्रमा फरक फरक रहेपछि सभापतिलाई समेत छायामा राखेर पत्रकाे खेलाे गरेकाे हाे कि भन्ने किसिमकाे आशंका रहेकाे नाम उल्लेख नगर्ने सर्तमा १३ औ महाधिवेशनबाट आएका एकजना जिल्ला सदस्यले बताए ।

स्मरण रहाेस पत्रमा देखाए झै २०७६ फागुन २२ गते आएकाे एउटा पत्रमा र २०७६ फागुन २३ गते नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति कार्यलयमा दर्ता भएको पत्रमा फरक फरक हस्ताक्षर रहेका छन । यस्तै फागुन २८ गते नेपाली काङ्ग्रेसका महामन्त्री शशांक काेईरालाले सभापति मनाेनीतकाे विषय विधान विपरित भएको भनी आपत्ती जनाएकाे पत्र केन्द्रीय सभापति समक्ष राखेका थिए । जिल्ला पार्टी कार्यालयमा दर्ता गरिएको पत्र र सार्वजनिक गरिएको पत्रमा चलानी नं उहि तर हस्ताक्षर फरक हुनुले पत्र को आधिकारिकतामा पनि प्रश्न उब्जिएको कुरा जिल्ला सदस्यहरुले बताउदै आईरहेका थिए ।

नेपाली काङ्ग्रेसकाे १४ औ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन प्रतिनिधिका लागि केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले आफ्नाे बार्गेनिङ पावर बढाउन तथा जिल्ला विवादीत गराई केन्द्रकाे चलखेल जारी राख्नका निम्ति यश किसिमकाे क्रियाकलापमा जाेडबल गरेकाे अर्का जिल्ला सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस