• २०८१ मङ्सिर २२ गते शनिवार

ककनी गाँउपालिका अत्यावश्यक बाहेक सबै कार्य ठप्प

प्रभा ढुङ्गाना पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ३, नुवाकोट । ककनी गाँउपालिकाले पनि कोराना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथाम कार्यलाई थप प्रभावकारी बनाउन जेठ ५ गते देखि लागुहुने गरि सबै अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । गाँउपालिकाले सूचना नै जारी गरीे अति आवश्यक एम्बुलेन्स बाहेकका अन्य सवारी साधनमा रोक लगाउनुका साथै अनावश्यक रुपमा पैैदल हिडडुल गर्ने र भिडभाड नगर्नको लागी आग्रह गरेको हो ।

गाँउपालिकाले जारी गरेको सूचना अनुसार गाउँपालिका अन्तर्गतका कार्यालय तथा अन्य संघसंस्थाहरु पुर्णरुपमा बन्द गर्नको लागी आह्रवान गरिएको छ । कोराना भाईरसको संक्रमणबाट बच्नु र बचाउनु सबै नागरिकको कर्तव्य रहेकाले घरमै बसी आफुपनि सुरक्षित रहि सबैलाई सुरक्षित राख्न गाँउपालिकाले आग्रह गरेको छ । अति आवश्यक कार्यहरु आईपरेमा ककनी गाँउपालिका आफ्नो नागरिकहरुरुको सुरक्षाको लागी सदैव तत्पर रहेको सुचनामा भनिएको छ । यो सूचना जेठ १२ गते सम्मको लागी जारी गरिएको  छ ।

ककनी गाउँपालिकाले जारी गरेको सुचना विरुद्धको कार्यहरु गरेको पाईएमा कानुन बमोजिम कडा कारबाहि गरिने समेत सूचनामा जारी गरिएको गाँउपालिकाका अध्यक्ष मानबहादुर लामाले बताउनुभएको छ ।

ककनी गाँउपालिका सिल

प्रतिक्रिया दिनुहोस