• २०८० असोज १७ गते बुधवार

स्वास्थ्य सेवा कार्यालयद्धारा स्वास्थ्य सामाग्री वितरण

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ३ मुगु । जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगु द्धारा स्वास्थ्य कार्यालय लाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाका १ देखि १४ वडासम्म र त्यस्तै जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिकाका स्वास्थ्य सेवा मातहातका कार्यालय लाई सो सामाग्री वितरण गरिएको हो ।

छायानाथ रारा नगरपालिकाका ६ वटा स्वास्थ्य संस्था, अन्य आधारभुत स्वास्थ्य संस्था र सोरु गाउपालिका स्वास्थ्य शाखा अन्तर्गत ६ वटा स्वास्थ्य संस्था, ३ वटा सामुदायिक स्वास्थ्य ईकाईलाई वितरण गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य सेवा कार्यालय मुगुलाई प्रदान गरि समग्र मुगु जिल्लाका आम नागरिकहरुलाई निशुल्क रुपमा स्वास्थ्य सामग्री वितरण गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका सरुवा रोग तथा महामारी रोग नियन्त्रण र स्टोर ईन्चार्ज ज्ञान सिंह बुढाले टेलिफोन मार्फत जानकारी दिए ।

उहाँका अनुसार एक नागरिकले स्वास्थ्य सेवा पाउने अधिकार हो त्यसै अनुरुप नेपाल सरकार बाट मान्यता प्राप्त अनुसार जम्मा ७० प्रकारका औषधी निशुल्क रुपमा वितरण गरिएको उहाँले जानकारी गराउनु भयो । ३९ लाख बराबरको सो स्वास्थ्य सामग्री वितरण गरिएको जनाईएको छ । उहाले भन्नु भयो यो स्वास्थ्य सामग्री हामिले वार्षिक रुपमा निरन्तर वितरण गर्दे आईरहेका छौ । यसले गर्दा सरसफाई लगायत अन्य रोगहरु बाट बाट बच्नलाई पनि सहज भएको छ । नियमित रुपमा गरिने सरसफाई लाई मध्ये नजर गर्दे यो स्वास्थ्य सामग्री वितरणमा उत्तिकै फड्को मारेको बताए ।

स्वास्थ्य सामग्री वितरण पश्चातवर्तमान अवस्थामा स्थानीयहरुमा स्वास्थ्य सरसफाईमा केही उपलब्धि मुलक देखिएको छ । सामान्य सिटामोल वितरण गर्दा पनि स्थानीय नागरिक लाई कुनै पनि रोग र भोगले नछोएको बुढाले दावि गरे ।

उनले थपे अरु भन्दा कर्णाली प्रदेशको दुर्गम मानिने मुगु जिल्ला स्वास्थ्य क्षेत्र मात्र नभई अन्य शिक्षा , स्वास्थ्य रोजगारीले पछाडी परेको हो । एक त शिक्षाको दुरदर्शा यस्तै छ यस्तो दुरदर्शा स्वास्थ्य क्षेत्रमा देख्न नपरोस भनि हामिले यो कदम चालेको जानकारी गराईएको हो ।

प्रतिक्रिया दिनुहोस