• २०८० असोज ५ गते शुक्रवार

काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ । धुलिखेल अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारका अनुसार सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया महिलाको मृत्यु भएको हाे ।

 ९ दिने सुत्केरीमा एकाएक श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । हाल सुत्केरीको शव अस्पतालमा नै राखिएको छ । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोनाभाइरस पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले विस्तृत विवरण लिइरहेको भन्दै कोरोनासम्बन्धी रिपोर्ट प्राप्त भएपछि मन्त्रालयले आधिकारिक जानकारी निक्योलका साथ दिने जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस