• २०८० असोज ४ गते बिहिवार

जाजरकोटमा मनाईयो मदन भण्डारीको २७ औँ स्मृति दिवस

रेशम बहादुर खड्का पढ्न लाग्ने समय : २ मिनेट

जेठ ३, जाजरकोट । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औँ स्मृति दिवस आज (शनिबार) मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोटले भण्डारीको सम्झनामा स्मृति दिवस मनाएको छ । शनिवार जिल्ला सदरमुकाम खलंगाको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सदस्य कौशिला वती खत्रीको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको छ । कोरोना महामारीका कारण यस वर्ष नेपाल कम्युनिष्ट पार्टीले मदन आश्रित स्मृति दिवसमा कुनै औपचारिक कार्यक्रमको आयोजना गरेको थिएन । जाजरकोटमा भने समान दुरी कायम गरी स्मृति दिवस मनाएको मदन भण्डारी फाउन्डेसन जाजरकोटका सचिव नवराज सिंहले जानकारी दिए । कार्यक्रमको सञ्चालन राष्टिय युवा संघ जाजरकोटका इन्चार्ज विश्व विक्रम शाहले गरेका थिए । २०५० साल जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जिप दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएको थियो । रहस्यमय रहेको यो घटनाको वास्तविक कारण अहिलेसम्म बाहिर आउन सकेको छैन ।

दुर्घटनाका साक्षी रहेका जिप चालक अमर लामाको हत्या भएपछि यो घटना थप रहस्यमय भएको हो । भण्डारी र आश्रीतको मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते विविध कार्यक्रमको आयोजना गरी जाजरकोटमा पनि समृति दिवस मनाउने गरिन्छ । साथै दुई वर्षअघि आजैका दिन तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकता भएर नेपाल कम्युनिष्ट पार्टी समेत गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस