बैशाख ४,बेलायत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा एकजना नेपालीको मृत्यु भएको छ । लन्डनको हिलिङडनबरोको ‘वेस्टड्रेटन’ मा बस्दै आएका ८२ वर्षीय पूर्व गोर्खा सैनिक हरिमान तामाङको बुधबार साँझ कोरोनाको संक्रमणका कारण निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि ५ दिनअघि अस्पताल भर्ना भएका तामाङलाई कारोना ‘पोजिटिभ’ देखिएको थियो । धनकुटा हात्तिखर्क, माकलुंग घर भएका मृतक तामाङ उनकी श्रमती, छोरी र ज्वाईंसँगै लण्डन बस्दै आएका थिए । बेलायतमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेहरुमा भूपू गोर्खामात्र १ दर्जन नाघिसकेका छन् ।