• २०८१ पुष २९ गते सोमवार

महोतरीमा करेन्ट लागेर एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ४, महोत्तरी । महोतरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सम्सी गाउँपालिका–६ घर भएका गणेश साहका २४ वर्षीय छोरा रमेश साह रहेका छन् ।

बिहिवार बिहान आफ्नै खेतमा गाडेर राखिएको फलामको पाईप निकालेर अर्को पाईपमा जोड्न खोज्दा पाईप बिद्युतको तारमा छुन पुग्दा उनी गम्भिर घाईते भएका थिए । उनको उपचारको क्रममा स्थानिय क्लिनिक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनको शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस