• २०८१ असोज २६ गते शनिवार

आजको मौसम : मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ४, काठमाडौं । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ। यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेकोले हाल देशको पूर्वी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाले मेघ गर्जन,चट्याङ्ग, हावाहुरी र असिना सहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस