चैत ३, काठमाडौं । नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रका ईलेक्ट्रीकल सुपरभाईजर कैलाश प्रसाद दाहाल घुस सहित पक्राउ परेका छन । उनले नयाँ क्षमता बृद्धिको मिटर जडानकोलागि नियमानुसार राजस्व तिरी प्रकृया अगाडी बढाउँदा झन्झटिलो हुन्छ भनि काममा आलटाल गरी सेवाग्राहीसँग घुस रु. २००० लिएका हुन ।
विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले सुपरभाईजर कैलाश प्रसाद दाहाललाई सेवाग्राहीसँग रू. २०,००० घुस लिइसकेको अबस्थामा उनकै कार्यालयको सेवाग्राही फाँटबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।