• २०८२ जेष्ठ ४ गते शनिवार

उदीयमान जनजागृति क्लबको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

विमल चाैहान माइलो पढ्न लाग्ने समय : २ मिनेट

फागुन ४, काठमाडौ l उदीयमान जनजागृति क्लब मालारानी ,अर्घाखाँचीको आयोजनामा बृहत रक्तदान कार्यक्रम काठमाडौंको नेपाल मेगा कलेजमा भब्य रूपमा सम्पन्न भएको छ l

रगतको अभाव भएर अफ्ट्यारो जसलाई जतिबेला पनि पर्न सक्छ ।हामीलाई अफ्ट्यारो पर्दा लिने रगत पनि अरु कसैले दिएको हो।अहिले दियौं भने पछि आफुलाई आवश्यक पर्दा लिन सजिलो हुने गर्दछ ।सोही कुरालाई मध्यनजर गर्दै उदीयमान जनजागृति क्लबको आयोजनामा आज रक्तदान कार्यक्रम काठमाडौंंको मेगा कलेजमा सम्पन्न भएको छ।

उदीयमान जनजागृती क्लबको प्रमुख आयोजना, चौहान सेवा समाज, नवदीप क्लब भण्डार , आदर्श मावी भुपु विद्यार्थी समाज , शान्ति मावी भुपु विद्यार्थी समाज ,कर्नमारे बरम्कोट सेवा समाज लगायतका विभिन्न संस्थाहरुको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।रक्तदान कार्यक्रम रेडक्रसको उपस्थितिमा सञ्चालन भएको थियोे ।

कार्यक्रममा पूर्व उप प्रधानमन्त्री तथा अर्घाखाँची जिल्लाका प्रतिनिधि सभाका सदस्य टोपबहादुर रायमाझीले क्लबले निकै उदाहरणीय कार्य गरेको र यस्तो कामको अरुले पनि सिको गर्नु पर्ने उल्लेख गर्न भएको थियोे ।

रगत अभावको कारणले छ्टपटाई रहेका बिरामीलाई केही राहत पुगोस् भनेर आफुले यस्तो कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष विष्णु बहादुर चौहानले बताउनु भयो ।

डेढ सय भन्दा माथि उपस्तिथि रहेको कार्यक्रममा ७७ जनाले रक्तदान गर्नु भएको थियो ।कार्यक्रममा नयाँ पत्रिका दैनिकका सम्पादक उमेश चौहान र १६० औं पटक सम्म रक्तदान गरि सक्नु भएका प्रेम सागर कर्माचार्य ,विभिन्न सामाजिक संस्था ,सामाजिक अभियान्ता लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस