• २०८१ फाल्गुन २ गते शुक्रवार

दाङमा जेसिबीको ठक्कर बाट एकजनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

माघ २, दाङ । जेसिबीको ठक्करबाट पश्चिम दाङमा एक वृद्धको मृत्यु भएको छ दाङको पेदीखोलाबाट शान्तीनगर तर्फ आउदै गरेको रा १ क ३१५ नम्वरको डोजरले गएराती साढे नौ बजे हारीचार भन्ने स्थानमा ठक्कर दिदा शान्तीनगर गाउपालिका वडा नम्वर १ हारीचार बस्ने ६६ वर्षिय लाल बहादुर थापाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले बताए ।

जेसिबीको ठक्करबाट थापाकाे टोउको र दाहिने हातमा गम्भिर चोट लागेको अस्पतालको भनाइ छ । मृतकको शवलाई पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको छ । ठक्कर दिने चालक र जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिईसकेको दाङ एसपी भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस