• २०८१ फाल्गुन ७ गते बुधवार

काभ्रेको जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काभ्रे । इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका-९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई पक्राउ गरेको छ ।

बुधबार बेलुका जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिनुका साथै नगद रु एक लाख ६२ हजार २०, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

फरार रहेका १५ जनाको खोजीकार्य भईरहेको र दुई वटा चेकबुकसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस