• २०८२ बैशाख १७ गते बुधवार

कोरोना बिमाको दावी भुक्तानी ११ हजारले लिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर ३०, काठमाडौँ । कोरोना बिमा गरेर ११ हजार भन्दा धेरै संक्रमित बिमा दावी भुक्तानी पाएका छन् । भुक्तानी रकम एक अर्ब रुपैयाँ नाघेको छ ।

सोमबारसम्म ११ हजार १ सय ५४ जनाले १ अर्ब ७ करोड ४५ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको बिमा समितिका कार्यकारी निर्दे कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । उनका अनुसार पछिल्ला केही दिनयता भुक्तानीको दर निकै बढेको छ । मंगलबारमात्रै १ हजार ६ सय ३८ जना भुक्तानी पाउने प्रक्रियामा रहेका छन् ।

पूर्ण कागजातसहित दावी पेश गर्नेहरुको संख्या सोमबारसम्म २१ हजार ४२ जना रहेको छ । यसमा ११ हजार १ सय ५४ जनाले पाइसकेको र १ हजार ६ सय ३८ जना भुक्तानी पाउने प्रक्रियामा रहेका छन् । यसैगरी निजी प्रयोगशालाहरुमा गरिएका परीक्षण रिपोर्टको भेरिफिकेसनका लागि इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखा ९ईडीसीडी०मा ३ हजार ६ सय ३९ वटा फाइल पुगेका छन् । ईडीसीडीमा ५ हजार ६ सय ६ वटा फाइल पुगेकोमा २ हजार ४ सय ९३ जनाको फाइल स्वीकृत भएर आइसकेको उनले जानकारी दिए ।

मंगलबार थप ४ सय ५५ जनाको फाइल भेरिफिकेसनका लागि पठाउने तयारी गरिएको छ । १ हजार ५ सय ७१ जनाको कागजात पूरा नभएको तथा नाम नमिलेको लगायतका समस्या देखिएका बिमा समितिले जनाएको छ । ती फाइलहरु सम्बन्धित कम्पनीमा नै फिर्ता पठाइएको छ । ३४ जनाको फाइल भने दावी भुक्तानी दिन नमिल्ने भएको छ । यसमा दोहोरो दावी पेशलगायतका समस्याहरु देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस