• २०८२ बैशाख १७ गते बुधवार

समूह चरणबाटै पोर्चुगल बाहिरियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३०, एजेन्सी । साविक विजेता पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरण अन्तर्गत शनिबार राति भएको भएको खेलमा फ्रान्ससँग १-० ले पराजित भएपछि पोर्चुगल बाहिरिएको हो ।

पोर्चुगलको मैदानमा फ्रान्सलाई जित दिलाउन एनगालो कान्टेले खेलको ५३ औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनले एड्रीयनको पासलाई सदुपयोग गरि गोल गरेका हुन । पोर्चुगलविरुद्धको जितसँगै फ्रान्स भने सेमिफाइनलमा प्रवेश गरेको छ ।

लिग ए समूह ३ को फ्रान्सले ५ खेलमा १३ अंक जोडेको छ । र, फ्रान्स समूहको शीर्ष स्थानमा रहेको छ । अब समूह चरणको अन्तिम खेलमा फ्रान्सले स्विडेन र पोर्चुगलले क्रोएसियासँग खेल्नेछ । शनिबार राति भएको अर्को खेलमा स्विडेनले क्रोएसियालाई २-१ ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस