• २०८१ कार्तिक १८ गते आइतवार

हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३०, काठमाडौँ । संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । उहाँलाई कार्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । डिस्चार्ज भएको खबर गजुरेल आफैंले फेसबुकमार्फत् जानकारी दिदै दिपावलीको समेत शुभकामना दिनुभएको छ । उहाँले फेसबुकमा लेख्नु भएको छ “धन्यवाद तथा आभार, ११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु । यस क्रमममा अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई अन्तरमानदेखी नै धन्यवाद 🌷 सकेसम्म यो महमारीबाट आफू जगिऔ । अरुलाई पनि जोगाऔ
। दिपावलीको सबैलाई शुभकामना ।”

प्रतिक्रिया दिनुहोस