असोज २९, काठमाडौँ । बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । आज बिहान ६ बजे राजकुमारसहितको टोलीले मनास्लुको सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिले जनाएको छ ।
राजकुमारसहित उक्त आरोहण टोलीमा ५० जना थिए । गत असोज २० मा राजकुमार अलिफाको टोली मनास्लु आरोहण गर्न गोरखाको सामागाउँ पुगेका थिए ।