असोज २९, काठमाडौँ । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९४ हजारमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १२ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।