• २०८२ जेष्ठ २ गते बिहिवार

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २९, एजेन्सी  । ब्राजिलमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार ६८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा २०१ कोरोना संक्रमितको ज्यान गएको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ५१ लाख ३ हजार ४०८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४२९ संक्रमित थपिएका छन् । अक्टोबर ८ बाट ब्राजिलमा संक्रमित र मृत्यु हुने दुबैको संख्या क्रमशः घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस