• २०८२ जेष्ठ ३ गते शुक्रवार

उपत्यकामा आज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २९, काठमाडौँ । उपत्यकामा आज हुने कार्यक्रमहरू ।

१.बुधबार नव नियुक्त हुनु भएको मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रम हुने ।
स्थान :- राष्ट्रपतिको कार्यालय,शितलनिवास ।
समय :- ११:०० बजे ।

२.नेकपा (मसाल),नेकपा (क्रान्तिकारी माओवादी),नेकपा(माले),राष्ट्रिय जनमोर्चा,प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी लगायत २१ राजनीतिक दलहरूले एम.सी.सी.को खारेजी,नेपालको वास्तविक नक्साअनुसारको भूभाग हासिल गर्ने र भारतद्वारा गरिएका नयाँ अतिक्रमणको विरोध,कोभिड–१९ मा सरकारबाट भएका भ्रष्टाचार, गैरजिम्मेवारीपन आदिको विरोधमा सशक्त विरोध प्रदर्शन गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १३:०० बजे ।

३.त्रि.वि.आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटीले त्रि.वि.ले जारि गरेको अतिरिक्त कक्षा ब्यबस्थापन निर्देशिका २०७७ ले आंशिक प्राध्यापकहरूलाई विस्थापित गर्ने नीति ल्याएकाले उक्त निर्देशिका खारेजिको माग राखि २४ गते देखि क्याम्पस प्रमुखलाई कार्यकक्षमा रोक लगाउने साथै अनलाइन कक्षा बहिस्कार गर्ने ।
स्थान :- देशभरका क्याम्पसहरूमा ।
समय :- नखुलेको ।

४.आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्षमा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।

प्रतिक्रिया दिनुहोस