भदौ ३०, मुगु ।मुगु जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साह लाई जिल्लाको एक गैर सरकारी संस्था कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएस पार्क मुगुले शुक्रवार एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ ।
विगत १३ महिना देखि हिमाली जिल्ला मुगुमा कार्यरत डिएसपि साहको काम कर्तब्य लाई प्रसशा गर्दे उनलाई आज विदाई गरेको कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएस पार्क मुगुका अध्यक्ष अज बहादुर शाहीले बताए ।
उनका अनुसार यो संस्था र प्रहरी बिच भएको मिलन , सहकार्य लाई आत्म साथ गर्दे उनको कामको उच्च शिरमा राख्दै डिएसपि साह लाई आज प्रसंशा पत्र प्रदान गर्दे विदाई गरेको शाहीले जानकारी दिए । संस्था र नेपाल प्रहरीको काम गर्ने क्षेत्र एउटै भएकाले मिलेर काममा पछाडी नहटेको बताए ।