जाउ नानी भाई रोएकोछ फुलाउ आमाले पुतली लाई अह्राउँछिन । उनी नबोली भाईको झोलङ्गातिर जान्छिन।उनि भर्खर पाँच बर्षकी हुँन तर पनि आँमाले बर्ष दिन जतीको भाईलाई झोलङ्गामा सुताएर काम गर्दा पराय जसो पुतलीले नै झोलङ्गो हल्लाउँथिन।भाईपनि दिदिले झोलङ्गालाई छुन थालेपछि चुप हुँन्थ्यो।साँचै भन्नेहो भने पुतलीले पाँच बर्ष बाटै आमाको हात बढाउँने गर्न थालिन।पहिलो छोरी जन्मेपछि आमाको हेल्फ हुँनेरैछ१कुरै कुरामा उजेलीले प्रसन्शा गर्थिन।आमा कतै गएपछि भाईको धराले गर्छिन आमा आएपछि आमाले त्यो बाबुलाई काखमा लिएर दुध ख्वाउँन थालेको आफु नजिकै बसेर नियाल्छिन।भाईले दुद पिएको टुलु टुलु हेर्दै मुस्कुराउँछिन।करुणा भरिएको दृष्टीले नियाल्छिन कत्ति रिस डाह छैन।
समय यस्तै बित्दै जान्छन उजेलीले स्कुलमा पुतलिलाई भर्ना गर्छिन नजिकै सरकारी स्कूल थियो।गाउँका केटाकेटी सँग जान्छिन अनी फर्किन्छिन।घर आएपछि आमाको हेल्फ पनि गर्छिन यस्तै बर्ष दुई बित्छ।अब छोरापनि स्कुलमा भर्न गर्ने लाएक भयो।बिदेश बाट आनन्द पनि फर्किन्छ।बाबा लाई आएको देखेर पतुली कति खुसि हुँन्छे हिसाबै छैन,काखमा बस्छे अँगालो मा बेर्न खोज्छे म्वाई खान्छे,बाबा हेर्नुशन मेरो भाई कति मायाँलुछ१भन्दै भाई तिर सिकाउँछे । होनी हाम्रि पुतली जस्तै उस्को भाईपनि राम्रो रैछ१आन्दले भन्छ।उस्ले छोरालाई आफ्नो हातले छोएको पहिलो पल्ट हो।उ बिदेशमा गयको दुई मैना पछि जन्मिएको थियो आनन्द तिन बर्ष बिदेश बसेर फर्केका थिए। अबता यो बाबुलाई स्कुलमा भर्ना गर्नु पर्छ ढीला नगरी १आनन्दले उजेली सँग भन्छन।होनी बाबा मैले मेरो भाईलाई स्कुलमा लिएर जान्छु१आनन्दको कुरा न टुङ्गिदै पुतलिले भन्छे।उजेली र आनन्दले पुतलि तिर हेर्छन र हाँस्छन।
नजिकै कुनै प्राईबेट स्कुल पनि त थिएन,होईन सहरमा बाबुलाई बोडस गर्नु पर्छ कीरुआनन्दले भन्छ,होईन मता बाबु बिना बस्नै सक्दैन१उजेलीले निरास हुँदै भन्छे।बाबुको भबिस्यको लागि ता अलिकती दुःख त गर्नै पर्छ नी म पनि त बिदेशमा बसेर आँए,केहि दिनपछि फेरी जानु पर्ला तिमिले पनि बाबुको भबिस्य बनाउँनुछ भने केहि त्याग त गर्नै पर्छ । आनन्दले उजेली लाई सम्झाउँछ। बाबा यो स्कुल पनि ता राम्रो छ गुरु आमाले कति राम्रो सिकाउँनु हुँन्छ भाई लाई म सँगै पठाउँनु न है१छोरीको कुराले आनन्दलाई सोँच्न बाध्य गराउँछ। छोरीको बोलिमा मिठास र निस्वार्थ भाव थियो।
नजिक पनि कुनै स्कुल थिएन एक आद बर्ष दिदी सँगै पठाउ पछि हेरौँला भन्दै आनन्दले उजेलीलाई सम्झाउँछ।आखिर छोराको लागि एति धेरै चिन्तित आनन्द र उजेली छोरीलाई दाखला गराउँने बेला कुनै स्वर सल्लापनि गर्न चाहेनन।यो बिषय सँग बिचारी पुतलीलाई के सरोकार । अब सरकारी स्कुलमा बाबुलाई ल्याउँने लैजाने जिम्मापनि पुतलिकै हुँन्छ।केहि दिनपछी आनन्द फेरी बिदेश जान्छन घरमा उजेलीको सँग छोरी र छोरा हुँन्छन। दिदी मेरा खुट्टा दुख्छन भन्दा बल्ल बल्ल बोक्न खोज्छे कतै डोराउँछे भाईको पुरा धराले पुतलिनै हुँन्छे।आर्को बर्ष छोरालाई बोडिङमा सहर बोड्स गर्छे उजेलीले।अलि दिन पुतलि भाई लाई संझिँदै रुँदै गर्छे उस्को मन लाग्दैन।पछि पछि पुतलीको पनि बानि बस्छ,घरमा आमाको हात बढाउँने सरसफाई गर्ने र स्कुलमा पढ्ने गर्छे यस्तै गरी पुतलिले दश कलास सम्म कत्ति फेल नभयर उत्रणिय गर्छे।उता बाबुको पनि राम्रो पडाई हुँन्छ। उस्ले डाक्टरी लाईन लिन्छ पछी पुतललीले वकालत गर्छिन।पढाई जँहा गरेपनि दुबै भाई बैनको राम्रो पढाई थियो।उजेली र आनन्दको पनि उमेर ढल्किदै गयो।कमाई जति छोराको पढाईमा खर्च भै सकेको थियो।
अब उनिहरुले छोरालाई डाकँटरी गराउँन बाहिर मुलुकमा पठाउँदा घर पनि धितो राख्नु पय्रो।छोरीलाई खासै खर्च लागेन अब बिबहाको समयमा आएर समस्या पय्रो आमा बाउले सके सम्म छोरीलाई केहि दिन नपरे हुँन्थ्यो भन्न थाले आखिर छोरीलाई दिने भनेको ता दहेजपो हुँन्छ उनिहरु दहेजको बिरोधी हुँन सम्पत्ति छोरालाई अमेरीका पठाउँदा भुट्टि सक्यो।तरपनि छोरीलाई सम्पति दिने चलनपंनि ता छैन।बिना दहेज राम्रो डिग्रि गरेको वा सरकारी नोकरीको केटो मिल्दैन। छोरीलाई कसरी बिहे गर्ने चिन्ता त छ तर अशं दिने सहाश पनि छैन।आनन्दले छोरीको बिहे गर्नै सक्दैन आखिरीमा छोरीले गरेको वकालत पनि आर्काको घाँस काटेर जिबन बिताउँन पर्ने देखिन्छ।छोरा अमेरीका पढ्न गएको उस्ले उतै बिहे गरेर बस्छ।आमा बाउको लागी छोरीले केहि न केहि ता गर्नै पय्रो आखिरमा बिहे नगरेर कोर्टमा वकालत गर्न थाल्छिन।भाईलाई पडाउँदा राखेको घर बन्दगी छुडाउँछिन।
पुतलि छोरी हाम्रो सोँच बेग्लै थियो तर तिमिले हाम्रो सोच गलत भयको प्रमाणित गराउँन सफल भयो।आखिरमा छोरा भन्दा छोरीको मन कमलो हुँदो रैछ । हामिलाई माफ गरे छोरी१आनन्दले हात जोडेर छोरीको अगाडी सर्मिन्दा भएर उभिएको थियो।बाबा किन हजूरको म औलाद होईनररुमेरो क्रतब्य र जिम्मेवारी पनि ता भाईको जत्तिकै हुँन्छन पुतलिको बोली सुनेर आनन्द र उजेलीको आँखा बाट आँसुका ढीका खस्छन।उनिहरु निशब्द हुँन्छन। (कथा काल्पनिक हो यस्को नाम निजि ब्याक्तिको जिवन सँग मेल खाएकोमा मात्र सञ्जोग हुँनेछ)