• २०८१ पुष २९ गते सोमवार

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ३०, भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ।चितवनको इच्छाकामना गाउँपालिका ६ चोरखोलामा गएराति फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । साेमबार दिउँसो त्यही ठाउँमा गएको पहिरो पन्छाएर बेलुका एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुईतर्फी नै सडक अवरुद्ध बनेको छ ।

पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस