• २०८२ बैशाख २९ गते सोमवार

आँचल शर्मा र महेश काफ्ले को अभिनय रहेको ‘लज्जावती झार’ टेन्ड्रिङमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ३० ,काठमाडौँ । आँचल शर्मा र महेश काफ्ले को अभिनय रहेको म्युजिक भिडियो ‘लज्जावती झार’ नेपालमा युट्युबको नम्बर एकमा पुगेको छ । यो गीत पछिल्लो समय चर्चामा छ ।

एक हप्ताअघि रिलिज भएको यो म्युजिक भिडियोमा महेश काफ्लेले एक लजालु युवकको भूमिका निर्वाह गरेका छन् । यस्तै आँचल शर्माले महेशकी प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् । गीतमा महेश काफ्ले र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ ।

लोक र आधुनिक शैलीको फ्युजन सुन्न पाइने गीतलाई टिकटक प्रयोगकर्ताले पनि उत्तिकै रुचाएका छन् । गायक काफ्लेले नै शब्द र संगीत सिर्जना गरेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोलाई हरि हुमागाईंले खिचेका हुन् भने लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । यस्तै भिडियोको निर्देशन आसिफ शाहले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस