• २०८१ माघ ८ गते मङ्गलवार

झापा गाउपालिकामा शुक्रबार राहत बितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

 साउन ३१, झापा। झापाको झापा गाउपालिका वडा नम्वर १ र २ का बाढिपीडित ११० घरपरिवारलाई प्रदेश १ इसाई समाजले शुक्रबार राहत बितरण गरेकोछ । समाजले Quick Rescue Team Nepal काे सहकार्य र Conduit Team Nepal सहयोगमा झापा गाउपालिका सङ्ग समान्वय गरेर राहत बितरण गरेको सामजका महासचिव पास्टर मेहरमान ह्युज गिरिले जानकारी दिनुभयो । केही दिन देखी परेको अविरल बर्षाको कारण झापा गाउपालिकाको वडा नम्वर १ र २ का ११० घर परिवार बिस्थापित भएपछी उनिहरुको दैनिकिमा समस्या भएपछी प्रती घर परिवार २५ केजी चामल, दाल, २ लिटर तेल र नुन उपलब्ध गराएको समाजका अध्यक्ष बिक्रम एक्तेन लिम्बुले बताउनु भयो ।

स्थानिय वडा सङ्ग समन्वय गरेर आयोजना गरिएको राहत कार्यक्रममा वडा नम्वर १ का वडाध्यक्ष राजा कुमार यादव र २ का नेत्र खडका को पनि उपस्थित रहेको थियो । खाडकाले बर्सौ देखी बाढि का कारण हजारौ बिगा खेतीहरु कटान हुँदा धेरै क्षति भएको र स्थानियले सास्ती भोग्नु परिरहेको बताउनु भयो । साथै यो समस्या को स्ठाइ समाधान खोज्ने आश्वासन दिनुभयो । कार्यक्रममा समाजका उपाध्यक्ष तथा Conduit Team Nepal का अध्यक्ष बिनोद मुर्मु , संयोजक बिरेन्द्र किस्कु ,समाज का उपाध्यक्ष एनोस गजमेर , झापा जिल्ला इसाई समाज का पदाधिकारीहरु लगायत उपस्थिती रहेको थियो । समाजका अध्यक्ष लिम्बुले साहयोगि हात हरुलाई धन्यवाद दिदै समाज ले आफ्नो सामाजिक दायित्व पुरा गर्न को लागि अप्ठ्यारो मा परेकाहरुलाई सहयोग गर्दै आएको बताउनु भयो ।

समाजले यस अघी Quick Rescue Team Nepal काे सहकार्य र Conduit Team Nepal सहयोगमा संखुवासभा का पहिरो पीडित , खोलाले बगाएर मृत्‍यु भएको तेह्रथुमकी अन्जु लिम्बु को परिवार र मोरङ्ग का बाढि पीडितहरुलाई राहत प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस